कांग्रेस एक ढिक्का बनाउन मेरो उम्मेदवारी-महेश श्रेष्ठ

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २३ असोज । काठमाडौंमा यतिखेर नेपाली काँग्रेसको महाधिवेशनले रौनक बढाएको छ । राजधानीमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा आज मतदान प्रक्रिया सुरु हुँदैछ । जारी केन्द्रीय महाअधिवेशनमा नेपाली काँग्रेस भक्तपुरका पूर्वसभापति महेश श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । पाटीको लामो समयको अनुभव र नेपाली काँग्रेसलाई एक ढिक्का बनाएर देशको ठूलो प्रजातान्त्रिक शक्ति बनाएर लैजाने अभियानमा होमिएका श्रेष्ठले आफु निर्वाचित भएर पार्टीलाई एकढिक्का बनाउने बताएका छन् । भक्तपुरका सिंगो काँग्रेसका महाधिवेशन प्रतिनिधि साथ पाएका श्रेष्ठलाई देशभरका प्रतिनिधिहरुले थप हौस्याई रहेका छन् ।
मध्यपुर थिमिमा जन्मिएका नेता महेश श्रेष्ठले कानूनमा स्नातक तह उतीर्ण गर्दै २०३१ सालमा नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका थिए । श्रेष्ठ २०३५ देखि २०३६ को जनआन्दोलनमा सक्रिय, २०३६ सालको जनमत संग्रहमा बहुदल प्रचार समिति सदस्य, २०४२ मा सत्याग्रहमा ६ महिना जेल परेका थिए ।

श्रेष्ठले २०४३ देख २०४६ सम्म नेपाली काँग्रेसको आउट पोष्ट कब्जा नीति अन्तर्गत जिल्ला पञ्चायत भक्तपुरको सदस्य, २०४३ देखि २०४९ सम्म नेपाली काँग्रेस जिल्ला समिति सदस्य, २०५३ देखि २०५६ सम्म निर्वाचित जिल्ला सदस्य एवं संगठन शाखा संयोजक, २०५६ देखि २०५८ सम्म भक्तपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको जिम्मेवारी निभाई सकेका छन्। २०५७ नेपाली काँग्रस जिल्ला सचिव, २०६२ मा आन्दोलनकै क्रममा ४५ दिन थुनामा, २०६२ मा ११ औं अधिवेशनबाट नेपाली काँग्रेस जिल्ला सभापति, २०७० नपाली कांग्रेस केन्द्रीय संगठन विभाग सदस्यको रुपमा काम गरेको अनुभव श्रेष्ठसंग छ। विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियासिल रहदै आएका श्रेष्ठ समाजसेवीका रुपमा समेत चिनिन्छन् । नेपाली कांग्रेसको जारी १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार रहेका श्रेष्ठले महाधिवेशन प्रतिनिधिहरुसंग आफ्ना लागि मत माग्दै प्रचारमा होमिदा कांग्रेसलाई एकढिक्का बनाएर समाजमा स्थापित गराउँने बाचा गर्दै छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...