कवेँलाई कांग्रेस केन्द्रीय सदस्यमा ल्याउन भक्तपुरका नेता एकजुट

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भक्तपुरका नेता अष्टकुमार कवेँले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। लामो समय कांग्रेस राजनीतिमा सक्रिय कवेँलाई भक्तपुरका कांग्रेस नेताहरूले राजनीतिक अनुभवसँगै सामाजिक क्षेत्रमा गरेको कामका आधारमा केन्द्रीय नेतृत्वमा अघि सार्नुपर्ने बताउँदै आएका छन्।

कवेँ कांग्रेस राजनीतिमा लामो समयदेखि सक्रिय छन्। उनी यसअघि मध्यपुर थिमि नगरपालिकाको मेयरका उम्मेदवारसमेत बनेका थिए। २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मध्यपुर थिमिको मेयर उम्मेदवार रहेका कवेँले सम्मानजनक मत प्राप्त गरेका थिए। राजनीतिसँगै कवेँ खेलकुद, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका गतिविधिमा पनि सक्रिय रहँदै आएका छन्। उनी नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको अध्यक्ष समेत हुन्। कांग्रेसको १५औँ महाधिवेशनका क्रममा उनी भक्तपुरबाट महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका छन्।

कवेँको सामाजिक सक्रियताको चर्चा विशेषगरी विपद्का समयमा भएको सहयोगसँग जोडिन्छ। २०७२ सालको भूकम्पपछि उनले आफ्नै निजी स्रोतबाट भक्तपुरका पीडितलाई खाद्यान्न, त्रिपाल तथा लत्ताकपडालगायत राहत सामग्री वितरण गरेको उनको समर्थनमा जारी विवरणमा उल्लेख छ। कोरोना महामारीका समयमा पनि स्वास्थ्य सेवाको पहुँच र समस्यामा परेका नागरिकलाई सहयोग गर्ने अभियानमा उनी सक्रिय रहेका थिए ।

कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका कवेँले अहिले खुला केन्द्रीय सदस्यमा पुनः उम्मेदवारी दिएका हुन्। यसपटक उनको मुख्य राजनीतिक एजेन्डा कांग्रेसलाई गुट-उपगुटभन्दा माथि उठाएर एकताबद्ध बनाउने र बीपी कोइरालाको राजनीतिक विचारलाई पार्टीको आधारका रूपमा अघि बढाउने रहेको बताइएको छ। भक्तपुर कांग्रेसका विभिन्न तहका नेता तथा महाधिवेशन प्रतिनिधिहरू कवेँको पक्षमा खुल्नेक्रम जारी रहेको छ । क्षेत्रीय तथा नगर तहका नेताहरूको सक्रियताले उनको उम्मेदवारीलाई भक्तपुरको प्रतिनिधित्वसँग पनि जोडिएको छ।

कवेँलाई समर्थन गर्नेहरूको तर्क भने उनको उम्मेदवारी केवल संगठनभित्रको राजनीतिक यात्रामा सीमित नभई राजनीतिक अनुभव, स्थानीय तहको नेतृत्वको अनुभव र सामाजिक क्षेत्रमा देखिएको सक्रियतासँग जोडिएको छ। अब कांग्रेसको १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये कवेँले आफ्नो राजनीतिक अनुभव र सामाजिक सक्रियतालाई कति प्रभावकारी रूपमा प्रतिनिधिसमक्ष प्रस्तुत गर्न सक्छन् भन्ने विषय महत्त्वपूर्ण हुनेछ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...