कांग्रेस केन्द्रीय सदस्यका लागि चिरीबाबु महर्जनको उम्मेदवारी

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपर, २१ असोज । चिरीबाबु महर्जनले नेपाली कांग्रेसका १५ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन् । उनी ललितपुर महानगरका मेयर हुन्
। नेपाली कांग्रेसको उम्मेदवार भएर उनीे ललितपुर महानगरपालिकाको नगर प्रमुखको रुपमा दुईपटक निर्वाचित भए । वि.सं.२०७४ र वि.सं.२०७९को स्थानीय तहको निर्वाचनमा उनी महानगरको मेयरमा निर्वाचित भएका हुन् । देशभरका ७ सय ५३ वटा स्थानीय तह मध्ये महर्जनले उदाहरणीय काम गर्दै आएका छन् । केन्द्रीय सदस्यका उम्मेदवार चिरीबाबु महर्जनले कांग्रेसको रुपान्तरण र रुपान्तरित कांग्रेसलाई बलियो बनाउन उम्मेवदारी दिएको बताए । ‘युवाको उर्जालाई लिएर अघि बढ्नुपर्छ, यो अहिलेको आवश्यकता र माग दुई हो,’ उनले भने ।

चिरीबाबुको राजनीतिक यात्रा

त्यतिबेलासम्म उनी कुनै दलमा आबद्ध भएका थिएनन् । सुधारिएको पञ्चायत आएपछि २०३८ मा उनी वडाअध्यक्ष उठे । जसमा उनले सहजै जित हासिल गरे । चिरीबाबु भन्छन्, ‘टोलटोलमा फ्री क्लिनिक र पुस्तकालय स्थापना गर्नमा नेतृत्वदायी भूमिका खेलेकाले चुनाव सजिलै जिते । ‘मेरो इमान्दारितामा अहिलेसम्म कसैले पनि औला उठाउन सकेको छैन, किनकी म जनताको पैसा खाँदिन र त मलाई जनताले मन पराउँछन् । अनि उनीहरुको विश्वास जितेको छु,’ चिरीबाबु भन्छन् । २०३८ सालमा वडा अध्यक्ष चुनिए पनि त्रिभुवन बिमानस्थलको प्रोजेक्टमा काम गरि रहे । त्यसो गर्नुको एउटा कारण थियो, घर व्यवहार चलाउनु । आत्मसन्तुष्टिका लागि उनी वडा अध्यक्ष भए, घर चलाउन जागिर खाए । विं सं.२०४३ सालमा पनि उनले वडाअध्यक्ष पदमा चुनावमा होमिए र जिते ।

२०४६ सालमा बुहदललाई समर्थन गर्न उनले वडाध्यक्षबाट राजीनामा दिए । उनको कांग्रेस पार्टीसँगको आबद्धता भने रोचक छ । ०४९ सालमा उनलाई कांग्रेसले वडा नम्बर ३ को वडा अध्यक्षमा उठायो । त्यो चुनावमा पनि उनले विजय प्राप्त गरे । मुलुकमा संघीयता लागू भएपछि भएको स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली कांग्रेसले उनलाई ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनायो । उक्त चुनावमा उनले जिते । वि.सं.२०७९मा पनि चिरीबाबुले दोस्रोपटक महानगरपालिकाको मेयरमा भारी मत सहित विजय हासिल गरे ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मातृभूमि र काठमाडौं जेयिभर्स फाइनलमा

काठमाडौं, १२ मंसिर । मातृभूमि र काठमाडौं जेयिभर्स शनिबार १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा...

सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अरनिको माविलाई

भक्तपुर, १२ मंसिर । सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तेश्रो पटक अरनिको माविले जितेको छ । सूर्यविनायक...

नारायण-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं, १२ मंसिर । नारायणगढ-मुग्लिङ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन...

‘मध्यपुर थिमि खेलकुद महोत्सव-२०८३’ आयोजना गर्दै

भक्तपुर, ११ मंसिर । मध्यपुर थिमि नगरपालिकाले खेलकुदको माध्यमबाट स्थानीय प्रतिभाको पहिचान, विकास तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...