४५ वर्षमाथिका पुरुष बिच फुटसल : बानेश्वर फ्रेण्डसिप क्लब विजेता

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ असोज । शान्तिनगरमा आयोजित फुटसल प्रतियोगितामा बानेश्वर फ्रेण्डसिप क्लबले विजेता हासिल गरेको छ । काठमाडौं महानगरपालिका-३१ ले स्थानीय क्लबसँगको सहकार्यमा सञ्चालन गरेको ४५ वर्ष उमेर माथिका पुरुष बिचको प्रतियोगितामा किङ् कम स्पोट्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै बानेश्वर क्लब विजेता बनेको हो । खेलको समापन अवसरमा वडाध्यक्ष सरोज ढकालले, विजेता टीमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरे । यस्तै, उपविजेता टीमलाई नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिएको थियो ।

खेलमा ७ वटा समूहले प्रतिस्पर्धा गरेका थिए । खेलले वडाबासीका बिचमा भौतिक सम्बन्ध बढाएको छ । समापन अवसरमा वडाध्यक्ष ढकालले भने, ‘मोबाइल संसारमा रमाउँदै कोठामा थुनिएका वडाबासीलाई भौतिक रुपमा एक ठाउँमा ल्याउने प्रयास गरेका हौँ । यसबाट सामाजिक सदभावलाई भौतिक रुपमा देखिने बनाएको छ ।’
वडाले बालबालिका, युवा, प्रौढ लगायत विभिन्न समूहमा खेलका कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी राजु पुलामीलाई नगद २० हजार रुपैयाँसहित सम्मान गरेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...