काठमाडौं, १९ असोज । नेपाली बजारमा सोमबार (असोज १९) सुनको मूल्य ओरालो लाग्दा चाँदीको भने बढेको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ कामय भएको छ । आइतबार २ हजार ८०० रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँ थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर ४ हजार ४३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ६० रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँमा झरेको थियो ।







