सूर्यविनायकमा धिमेबाजा प्रतियोगिता हुने

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १९ असोज । सूर्यविनायक नगरपालिकाले नगरपलिका स्तरीय धिमेबाजा प्रतियोगिताको आयोजना गर्ने भएको छ । असोज २४ गते (शनिबार) आयोजना हुने प्रतियोगितामा पहिलो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी, दोश्रो हुनेले ५० हजार रुपैयाँ  र तेश्रोले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
विविध धर्मं, संस्कृति, मूर्त अमूर्त कलाको संरक्षणका लागि नगरपालिकाले धिमेबाजा प्रतियोगिताको आयोजना गर्न लागेको सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिए ।

नेवार समुदायमा अत्यस्तै लोकप्रिय रहेको धिमेबाजाको संरक्षण र संवर्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आचार्य बताउँछन् । प्रतियोगितामा समुहगत रुपमा सहभागिताका लागि नगरपालिकाले आव्हान समेत गरेको छ । सूर्यविनायक नगरपालिकाले पहिलो पटक धिमेबाजा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...