महिला उद्यमीलाई प्रोत्साहित गर्दै ललितपुर महानगर

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, १५ असोज । ललितपुर महानगरले ललितपुरका महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन ती उत्पादनको प्रदर्शनी मेला आयोजना गर्ने भएको छ । प्रदर्शनी मेला असोज १६ गते शुक्रबारदेखि चल्ने मेला असोज १८ गते आइतबारसम्म चल्नेछ । मेला बिहान १० बजेदेखि ६ः३०सम्म संचालन हुने मेला महानगरपालिकाको कार्यालय पुल्चोकस्थित प्राङ्गणमा हुनेछ ।
तीन दिनसम्म आयोजना हुने उक्त प्रदर्शनी मेलाको नारा ‘लोकल रुट्स टु ग्लोबल रिच ‘भन्ने राखिएको छ । मेलामा विभिन्न देशका राजदुतहरुलाई आमन्त्रण गरिएको छ ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर पृथक काम गर्न इच्छुक भएको बताउँदै भने, ‘यो प्रदर्शनी त्यसकै एउटा उदाहरण हो ।’ प्रदर्शनीमा विकास साझेदार र अन्तर्राष्ट्रिय नियोगका प्रतिनिधिहरुको समेत सहभागिता हुने भएकाले उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन केही सहज हुने बताए । महानगरले गरेका अरु थुप्रै काम अन्य पालिकाले समेत अनुकरण गरेको बताउँदै यो प्रदर्शनीको समते अनुकरण गर्ने गरी काम गर्न निर्देशन दिए । उद्यमीले आफ्ना उत्पादनको गुणस्तरीयता कायम गर्नु अनिवार्य सर्त भएको प्रष्ट पारे । ‘अन्तर्राष्ट्रिय बजारमा गुणस्तरको महत्व धेरै हुन्छ त्यसैगरी गुणस्तर कायम गर्न कन्चुस्याइँ नगर्नुस् । ’
उनले ललितपुरका महानगरभित्रका उद्यमी महिलालाई अन्तर्राष्ट्रिय प्रतिनिधि, विकास साझेदार , राजदुत तथा कुटनीतिक नियोगका प्रतिनिधिहरुसँग जोडिन महत्वपूर्ण माध्यम हुने महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए ।

कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला उद्यमीले गरेको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन यो प्रदर्शनी मेला आयोजना गरिएको बताइन् । महिलाहरु अनेक चुनौती खेपेर पनि उद्यम गर्न तयार हुनु भनेको गौरवको विषय भएको बताउँदै महानगरका दिदीबहिनीमा नयाँ संस्कार विकास भएको उपप्रमुख बज्राचार्यले बताइन् । महिलाको सहभागिता विना कुनै क्षेत्र सफल नभएको बताउँदै पछिल्लो समय महिलाको भूमिका परिवर्तन भएको बताइन् । उनले भनिन् , ‘अहिले उद्यममा महिलाको भूमिका बदलिएको छ , पहिला सहायक भूमिकामा हुन्थ्यो , अहिले नेतृत्वदायी भूमिकामा महिला दिदीबहिनी हुनुहुन्छ । ‘ महानगरभित्र २५ सय भन्दा बढी महिला उद्यमी रहेका छन् ।

कार्यक्रममा रोजिता महर्जनले यो मेला अन्य मेलाभन्दा पृथक भएको बताउँदै मेलाको बारेमा प्रस्तुतिकरण गरेकी थिइन् । अन्तर्राष्ट्रिय बजारमा माग भएको र गुणस्तरीय उत्पादनलाई मेलामा प्रदर्शन गरिने उनले जानकारी दिइन् । प्रदर्शनीमा ७५ वटा स्टल राखिनेछ । कार्यक्रममा ललितपुर महानगरपालिकाका सूचना अधिकारी तथा निर्देशक देव प्रसाद गुरागाइँले पनि उपस्थिति थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...