थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना १ को मृत्यु ३ जना घाइते

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १५ असोज । थापाथलीमा दुई सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, तीन जना घाइते भएका छन् । थापाथली रोज बड स्कुल पुलनजिक बुधबार राति शंखमुलबाट थापाथली बिटतर्फ आउँदै गरेको बा ४१ प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएपछि विपरीत दिशाबाट जाँदै गरेको बा प्र ०२०६२ प ९६३१ नम्बरको स्कुटरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक रौतहटको कटहरिया नगरपालिका-२ का २६ वर्षीय चन्द्रमान दास तत्मा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहीबार बिहान १ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार रौतहटकै २५ वर्षीय दिपेन्द्र दासको टाउको र अनुहारमा चोट लागेको छ । उनी बोल्न नसक्ने अवस्थामा रहेको र गम्भीर घाइते भएकाले अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, स्कुटर चालक चितवन घर भई हाल काठमाडौँको सतुङ्गल बस्ने २३ वर्षीय सुदिप श्रेष्ठको खुट्टामा सामान्य चोट लागेको छ । स्कुटरको पछाडि सवार सर्लाही घर भई हाल काठमाडौँको शंखमुल बस्ने ३४ वर्षीय मोहन शाहको दायाँ खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घाइतेमध्ये मोटरसाइकल चालक र पछाडि सवार दासलाई अन्नपूर्ण न्युरो अस्पताल तथा स्कुटर चालक श्रेष्ठ र पछाडि सवार शाहलाई राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो ।

दुवै सवारीसाधनमा क्षति पुगेको छ । दुर्घटनापछि दुवै सवारीसाधन प्रहरी बिट थापाथलीको नियन्त्रणमा रहेका छन् भने स्कुटर चालक श्रेष्ठ पनि प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...