जगातीमा खुल्यो होन्डाको नयाँ शोरुम

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १५ असोज । सूर्यविनायक नगरपालिका-८ जगाती चोकमा होन्डा मोटरसाइकलको अत्याधुनिक आधिकारिक शोरुम सञ्चालनमा आएको छ । करोडौँ रुपैयाँ लगानीमा स्थापना गरिएको शोरुममा होन्डाका बाइक तथा स्कुटर बिक्रीसँगै मर्मत–सम्भार, सर्भिसिङ र आवश्यक पार्टपुर्जाको सुविधा उपलब्ध हुने सञ्चालक नवीन प्रजापतिले जानकारी दिए ।
दशैँ, तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको शोरुमले ग्राहकलाई सहज र गुणस्तरीय सेवा दिने प्रजापतिले बताए । उनका अनुसार शोरुमको उद्देश्य व्यापारसँगै ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै अन्य बिक्री केन्द्रभन्दा फरक र सहज सेवा उपलब्ध गराउनु हो ।

नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीका जेनेरल म्यानेजर मुकुन्द श्रेष्ठले नयाँ बिक्री केन्द्र सञ्चालनसँगै भक्तपुर र आसपासका ग्राहकलाई सवारी साधन तथा पार्टपुर्जा खरिदका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने बताए । उनका अनुसार होन्डाका नयाँ मोडल र ‘जेनुइन पाट्र्स’ जगातीबाटै उपलब्ध हुनेछन् । अरनिको राजमार्गसँगै रहेको शोरुमबाट भक्तपुरसँगै काभ्रे, सिन्धुपाल्चोक र ललितपुरका ग्राहकसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ ।

नेपाली बजारमा विद्युतीय सवारी साधनको माग बढिरहेको अवस्थामा भविष्यमा होन्डाले ‘ईभी’ मोडल भित्राएर यही शोरुमबाट बिक्री वितरण गर्ने सञ्चालकले बताएका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...