काठमाडौं, १३ असोज । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार ८०० रूपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ५०० रूपैयाँ र चाँदीको मूल्य चार हजार ३९५ रूपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ५१० रुपैयाँ कायम थियो ।







