४ सय छात्रालाई आत्मरक्षा तालिम दिँदै काठमाडौँ महानगरपालिका 

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १३ असोज । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले पहिलो चरणमा सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत ४ सय जना छात्रालाई आत्मरक्षा सम्बन्धी तालिम दिने भएको छ । छात्राहरुलाई हिंसा बुझ्न सक्ने बनाएर हिंसामा परेका बेला आफूलाई घटनाबाट बचाउन सक्ने बनाउने लक्ष्य रहेको महानगरले जनाएको छ ।

महानगरपालिकाभित्रका १० वटा विद्यालयमा यो तालिम चल्नेछ । हरेक विद्यालयबाट ४० जना छात्रालाई तालिममा सहभागी गराइनेछ । परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख सुशील सुवेदीका अनुसार शिवपुरी, जनकल्याण, रत्नराज्य, विश्व निकेतन, ज्ञानोदय, जनपथ, जनजागृति ज्ञान रश्मि, तरुण, कन्या र पद्मकन्या विद्याश्रम मा. वि. मा तालिम सञ्चालन हुनेछ । नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट एशोसिएनका प्रमुख प्रशिक्षक सञ्जु महर्जनका अनुसार हिंसा के हो भन्ने बुझ्न सक्ने बनाउनु नै यसको मुख्य लक्ष्य हो । यसमा गलत नियतले छोएको, गलत नियतले हेरेको पहिचान गर्न सिकाइन्छ ।

यस्तै, यस्ता गलत नियत भएका व्यक्तिहरुको आक्रमणबाट आफ्नै हात र खुट्टाको प्रयोग गरेर कसरी बच्ने भन्ने सिप सिकाइन्छ । यसमा सैद्धान्तिक कुरा कम र प्रयोगात्मक सिप धेरै सिकाइन्छ । कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गरेर क्रमशः सबै विद्यार्थीहरुलाई तालिम प्रदान गरिने महाशाखा प्रमुख सुवेदीले जानकारी दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं,२७ कात्तिक । तिहारपछि खुलेको नेपाली बजारमा शुक्रबार (कात्तिक २७) सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । शुक्रबार छापावाल...

सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

काठमाडौं, २७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्त गरेका छन्। संविधानको धारा १२९ को...

भीमफेदी दुर्घटनाका मृतकको शव हेटौंडा अस्पतालमै

मकवानपुर, २७ कात्तिक । भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा बिहीबार भएको ईभी दुर्घटनामा मृत्यु भएका १४ जनाको शव अझै हेटौंडा...

भीमफेदी दुर्घटना अध्ययन गर्न समिति गठन

मकवानपुर, २६ कात्तिक । भीमफेदीमा गाउँपालिका- ६ चिसापानीगढीमा भएको सवारी दुर्घटनाको कारण अध्ययन गरी भविष्यमा यस्ता दुर्घटना न्यूनीकरणका...