नरेन्द्रराज प्रसाईंको ‘सीताराम दाइ’ लोकार्पण

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १२ असोज । नरेन्द्रराज प्रसाईंद्दारा लिखित निबन्ध संग्रह ‘सीताराम दाइ’ सार्वजनिक भएको छ । महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले आज काठमाडौंमा एक समारोह बीच प्रसाईद्वारा लिखित ‘सीताराम दाइ’ नामक निबन्धसङ्ग्रहको लोकार्पण गरेका हुन् ।

त्यस अवसरमा त्रिपाठीले भने, ‘सिद्धहस्त जीवनीकार, निबन्धकार तथा गीतकार नरेन्द्रराज प्रसाईबाट सीताराम प्रसाईमाथि केन्द्रित भएर लेखिएको प्रस्तुत ग्रन्थलाई जीवनीकृति नै भने पनि हुन्छ।’ वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त अवसरमा प्रा.डा.भरतकुमार भट्टराईले ‘सीताराम दाइ’ नामक लामो निबन्ध कृतिको बृहत् समीक्षा गरे । ‘सीताराम दाइ’ नइ एकेडेमीको १९४ ओैँ कृति हो भने नरेन्द्रराज प्रसाईको ९५ ओैँ कृति हो ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले नव कृतिबारे मन्तव्य प्रकट गरिन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...