हेटौंडा-काठमाडौं जोड्ने अधिकांश सडक अवरुद्ध

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, ०९ असोज । अविरल वर्षाका कारण हेटौंडा-काठमाडौं जोड्ने प्रमुख सडक खण्डमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ । पहिरोको जोखिम बढेपछि हेटौंडा-काठमाडौं जोड्ने अधिकांश सडकमा सवारी साधनको आवागमन रोकिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी माधव काफ्लेले  महेन्द्र राजमार्ग र कान्ति लोकपथमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए । उनका अनुसार महेन्द्र राजमार्ग तथा पृथ्वी राजमार्गमा चितवन प्रशासनले अनिश्चितकालका लागि यात्रा गर्न रोक लगाएको छ भने कान्ति लोकपथमा ललितपुर प्रशासनले शनिबारसम्म सवारी सञ्चालनमा रोक लगाएको छ ।
कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८, बगुवा खोला नजिकैको खहरे खोल्सामा शुक्रबार बिहान सडकमाथिबाट ढुंगा, बालुवा र लेदोसहितको पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडकको मकवानपुर खण्डको महादेवटारमा फास्ट ट्र्याकबाट आएको लेदोका कारण पनि बाटो बन्द भएको हो ।

कान्ति लोकपथको ललितपुरतर्फ माल्टा दोबाटो र पोस्टको बीचमा तथा बागमती गाउँपालिका-३ को पाङधुरे र टीकाभैरवमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त अवस्थाका कारण जिल्ला प्रशासन कार्यालय, ललितपुरले उक्त सडक खण्डमा सबै प्रकारका सवारी साधन चलाउन रोक लगाएको छ ।
हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीको भीमफेदी-कुलेखानी-सिस्नेरी सडक खण्डको दक्षिणकाली-८, सल्लेडाँडामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । भीमफेदी-कुलेखानी-सिस्नेरी हुँदै दक्षिणकाली जाने सवारी साधनलाई वैकल्पिक मार्गका रूपमा कुलेखानी-हुमाने हुँदै काठमाडौं जाने व्यवस्था मिलाइएको छ ।

यता, त्रिभुवन राजपथमा भने हालसम्म पहिरो नखसेको र बाटो सफा तथा सुचारु रहेको प्रहरीले जनाएको छ । हेटौंडाबाट काठमाडौं आवतजावत गर्ने यात्रुका लागि त्रिभुवन राजपथ सञ्चालनमा रहेको छ । प्रशासनले अविरल वर्षा अझै भइरहेको र पहिरोको जोखिम उच्च रहेकाले अति आवश्यक कामबाहेक यात्रा नगर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्दा पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...