मनोहरा-हनुमन्ते नदीमा पानीको सतह बढ्यो, करिडोर क्षेत्रमा माइकिङ

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ०९ असोज । अविरल भघवर्षा पछि भक्तपुरकाे मनोहरा र हनुमन्ते खाेला आसपासका क्षेत्रमा पानीको सतह बढेपछि स्थानीयलाई सतर्क रहन आग्रह गर्दै प्रहरीले माइकिङ गरिरहेकाे छ ।
मनोहरा-दिव्यश्वरी प्लानिङ, राधेराधे, बालकोट-सागबारी तथा हनुमन्ते करिडोरअन्तर्गत घट्टेखोला क्षेत्रमा बिहानदेखि सतर्क रहन माइकिङ गरिएको हो। स्थानीय बासिन्दालाई नदी किनार तथा जोखिमयुक्त स्थानमा सावधानी अपनाउन आग्रह गरिएको छ।
हाल मनोहरा र हनुमन्ते दुवै नदीमा पानीको सतह बढेको भए पनि तत्काल जोखिमको अवस्था नरहेकाे सशस्त्र प्रहरीका एसपी बासुदेव कुंवरकाे भनाई छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले नदीको अवस्थामा निगरानी गरिरहेको छ।
पानीको सतह थप बढ्न सक्ने भएकाले नदी किनारमा आवतजावत गर्दा सावधानी अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानतर्फ जान स्थानीयलाई आग्रह गरिएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...