काठमाडौं, ० ७ असोज । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय कायम भएका फरार कैदी पक्राउ परेका छन् । प्रहरीका अनुसार १८ वर्ष कैद सजाय ठहर भई २०८२ वैशाख २४ गतेदेखि नख्खु कारागार ललितपुरमा कैद भुक्तान गरिरहेको र जेन-जी आन्दोलनको क्रममा २०८२ भदौ २४ गते फरार सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाँउपालिका-७ बस्ने २६ वर्षीय आर्यन पुरी पक्राउ परेका हुन् ।
उनी जबरजस्ती करणी मुद्दामा १७ बर्ष ७ महिना कैद भुक्तान गर्न बाँकी रहेकै अवस्थामा नख्खु कारागारबाट फरार रहेका थिए । पुरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार काभ्रेको मन्डनदेउपुर नगरपालिका-८ कुन्ताबेशीबाट पक्राउ गरेको र कैद भुक्तानका लागि नख्खु कारागार कार्यालय नख्खुमा पेश गरिएको जनाएको छ।







