काठमाडौं, ३० भदौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्मको विवरण अनुसार विभिन्न ९ बैंकमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ । त्यस्तै, कोषका अन्य दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड ३७ लाख ६ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ ।
राहत कोषबाट भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब निकासा गरिएको थियो ।
फोटो फाइल ।







