राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको अध्यक्षमा दिपेश बिसुङ्के सर्वसम्मत चयन

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १३ मंसिर । राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीको ११औँ जिल्ला अधिवेशनले अध्यक्षमा दिपक बिसुङ्के सर्वसम्मत  चयन भएका छन् । नेकपा (एमाले) का केन्द्रीय सचिव महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले बिसुङ्केको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनबाट उपाध्यक्षमा रञ्जन श्रेष्ठ, सचिवमा शिवजी राउत, उपसचिवमा सविता श्रेष्ठ तथा कोषाध्यक्षमा सञ्जीव थापा चयन भएका छन् । अधिवेशनको बन्दसत्रले संगठनको आगामी कार्यदिशा, युवा परिचालन, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्दै नयाँ नेतृत्व चयन गरेको हो।अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुनु संगठनभित्रको एकता, सहकार्य, आपसी विश्वास र साझा प्रतिबद्धताको परिणाम भएको अध्यक्ष मण्डलका अध्यक्ष एवं राष्ट्रिय युवा संघ नेपालका राजधानी प्रदेश इन्चार्ज रविन थापाले जानकारी दिए।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

लालपुर्जा नपाएसम्म होल्डिङ सेन्टर नछाड्ने अडानमा सुकुम्बासी

काठमाडौं, १३ मंसिर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्यमन्त्री प्रतिभा रावलले भक्तपुरको बोडस्थित होल्डिङ सेन्टरमा आश्रय...

मातृभूमि र काठमाडौं जेयिभर्स फाइनलमा

काठमाडौं, १२ मंसिर । मातृभूमि र काठमाडौं जेयिभर्स शनिबार १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा...

सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अरनिको माविलाई

भक्तपुर, १२ मंसिर । सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तेश्रो पटक अरनिको माविले जितेको छ । सूर्यविनायक...

नारायण-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं, १२ मंसिर । नारायणगढ-मुग्लिङ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन...