त्रिशूली ३ ‘ए’ मा फसेका २ जनाको जीवितै उद्धार

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ भदौ । गत १० भदौमा भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनालाई आज (शुक्रबार) बिहान जीवितै उद्धार गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी उद्धारकर्ता टोलीले उनीहरुलाई उद्धार गरेका हुन् । यसरी जीवित उद्धार गरिएकाहरूमा सप्तरीका सञ्जय शाह र काठमाडौंका कविर महर्जन छन् ।

उनीहरू मध्य कविर महर्जनको अवस्था जटिल छ भने, उनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भईरहेको छ । सञ्जय साहको अवस्था भने सामान्य रहेको छ। स्वास्थ्य अवस्था स्थिर देखिएतापनि उनको थप परीक्षणका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमती सरकारले अभिभावक गुमाएका बालबालिकालाई आवाससहित नि:शुल्क शिक्षा दिने

मकवानपुर, १९ भदौ । बागमती प्रदेश सरकारले रसुवा बाढीमा परी अभिभावक गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म नि:शुल्क...

काठमाडौं-भीमफेदी- कोगटे-इपा-सिस्नेरी-हेटौंडा सडकखण्डलाई दीर्घकालीन वैकल्पिक मार्गको विकास गर्ने: मुख्यमन्त्री थापामगर

काठमाडौं, १८ भदौ । काठमाडौं-हेटौंडाको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले भीमफेदी-कोगटे-इपा-सिस्नेरी सडकखण्डलाई दीर्घकालीन वैकल्पिक मार्गका रूपमा विकास...

भदौ २३ गते सार्वजनिक बिदा

काठमाडौं, १९ भदौ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको...

भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं, १८ भदौ । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय गरेको छ...