काठमाडौं, ०७ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभामा विश्वासको मत लिने मिति संशोधन भएको छ । यसअघि भदौ ७ गते आइतबार विश्वासको मत लिने गरी तय गरिएको प्रदेशसभा बैठकसहितको कार्यक्रम अब भदौ ८ गते हुने भएको हो ।
प्रदेशसभा सचिवालयले शुक्रबार जारी गरेको संशोधित सूचनाअनुसार प्रदेशसभाको आठौं अधिवेशनको १८औं बैठक भदौ ८ गते सोमबार दिउँसो १ बजे बस्नेछ । सोही बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।






