बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज विश्वासको मत लिँदै

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०८ भदौ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आज (सोमबार) दिउँसो प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मतका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ । सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना २६ जना प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री थापामगरको पक्षमा मतदान गर्न हिृवप जारी गरिसकेको छ । नेकपा बागमती संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री थापाको आफ्नै दल एमालेले पनि अनिवार्य उपस्थितको निर्देशनसहित विश्वासको मतको पक्षमा मतदान गर्न हिृवप लगाएको छ ।

सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र भने विवाद कायमै छ । राप्रपाका प्रमुख सचेतक डम्बर तामाङले आइतबार हिृवप जारी गर्दै विश्वासको मतको विपक्षमा मतदान गर्न आफना प्रदेशसभा सदस्यहरूलाई निर्देशन गरेका छन् । तर, राप्रपामा सरकारलाई समर्थन गरेको पक्ष अर्थात् खानेपानी मन्त्री राजु विष्टले भने तामाङलाई सरकार गठन हुनुभन्दा अगाडि नै सचेतकबाट हटाएको बताएका छन् । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले तामाङलाई यसअघि नै सचेतकबाट हटाएका हुन् ।

नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा थापा बिहीवार मुख्यमन्त्री नियुक्त भएका थिए । तर, सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर राप्रपा भित्र विवाद चर्किएको थियो । राप्रपाले पार्टी केन्द्रको निर्णय विपरीत मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कारबाही गरिसकेको छ । सरकारमा सहभागी राप्रपाका तीन मन्त्रीलाई समेत पार्टीको केन्दीय अनुशासन समितिले स्पष्टीकरण सोधेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...