होस्टेलमा युवकको हत्या : सञ्चालकसहित तीन जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०७ भदौ । शङ्खमूलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहार गरी युवकको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। प्रहरीका अनुसार भदौ ५ गते होस्टेलको कोठा नम्बर १०९ मा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाइएको थियो। उपचारका क्रममा निजामती कर्मचारी अस्पताल, मीनभवनमा उनको मृत्यु भएको हो।

घटनामा संलग्न रहेको आरोपमा बाराको कलैया उपमहानगरपालिका-३ का १९ वर्षीय शेखर यादवलाई तत्कालै पक्राउ गरिएको थियो। फरार रहेका सोही ठाउँका १९ वर्षीय प्रमित पटेललाई मकवानपुर प्रहरीको समन्वयमा भैंसेबाट र होस्टेल सञ्चालक महोत्तरी लोहरपट्टी नगरपालिका-६ का २३ वर्षीय आलोक ठाकुरलाई भदौ ७ गते काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। तीनै जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...