राज्य पुग्यो पहिलोपटक रङ्मञ्चमा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौँ । २०८३ साउन २८ र २९ गते नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त कुलपति ब्रजेश खनालको नेतृत्वमा नाट्य विभाग प्रमुख प्राज्ञ सरस्वती चौधरी, रङ्गमञ्च विभाग प्रमुख प्राज्ञ जीत बहादुर देउजा र प्राज्ञ सभासदस्य परिवर्तन सहितको टोलीले राजधानीमा रहेका ६ वटा नाटकघरमा पुगेर परामर्श गर्‍यो। रङ्गकर्ममा लामो यात्रा गरिसकेका सर्वनाम थिएटरका वरिष्ठ निर्देशक अशेष मल्ल, शिल्पी थिएटरका कलाकार तथा नाट्य निर्देशक घिमिरे युवराज, मण्डला थिएटरका चर्चित अभिनेता दयाहाङ राई देखि हल भाडामा नाटक गर्दा काबु भएर आफैँ थिएटर चलाउन थालेका कलाकार सुरज तमु सबैले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पाँचौँ कार्यकालसम्म आइपुग्दा पहिलो पटक आफ्नो दैलोमा आएकोमा प्रसन्नता व्यक्त गरेका थिए।

“आज हाम‍ीलाई आफ्नो देखेर राज्य हाम्रो दैलोमा आउनु हाम्रो लागि नितान्त नयाँ र अत्यन्त सुखद अनुभव रह्यो,” उनीहरूले भने। १८ वर्षदेखि बाल नाटक महोत्सवलाई निरन्तरता दिइरहेको शैली थिएटरका नवराज बुढाथोकीले यसरी ढोकैमा प्रज्ञा–प्रतिष्ठान टोली आइपुग्दा पहिलोपटक आफूलाई नाट्यकर्मी भन्दा गर्व लागेको कुरा बताए।

परामर्शमा रङ्गकर्मीहरूले प्रज्ञा–प्रतिष्ठानका लागि नीतिगत, योजनागत र तात्कालिक कार्ययोजना सुधारका लागि आफ्ना सुझावहरू दिएका थिए। कौसी थिएटरका रङ्गकर्मी आकाङ्क्षा कार्की र लुनिभा तुलाधरले महिला, अपाङ्ग र एलजीबिटिक्यूमैत्री ‘स्मार्ट एकेडेमी हुनुपर्ने सल्लाह दिए । परामर्शमा काठमाडौँमा क्रियाशील नाट्यसंस्था–थिएटर आबद्ध तथा स्वतन्त्र गरी दुई सयभन्दा बढी रङ्गकर्मीले आफ्नो सुखदुःख सुनाए । राजधानी केन्द्रित रङ्गमञ्चलाई देशभर विस्तार गर्नुपर्ने, नाटक निर्माण र प्रदर्शनमा सहभागी प्राविधिक र कलाकारहरुको जीवनबिमा, अध्ययनका लागि छात्रवृत्ति, लेखनवृत्ति, राज्यबाट निर्धारित न्यूनत्तम पारिश्रमिक पाउन नाटक निर्माण पक्षसँग अग्रिम सम्झौता पत्र हुनुपर्ने, सुविधा र सहुलियत सहितको कलाकार परिचय पत्र पाउनुपर्ने, नाट्य प्रदर्शनका लागि राज्यका स्वामित्वमा रहेका थिएटर हलहरुमा शुल्कछुट हुनुपर्ने सुझावहरू आएका थिए।

रङ्गकर्मी प्रवीण खतिवडाले ७ वटै प्रदेशमा सरकारले थिएटर बनाउन बजेट बिनियोजन गरेको भन्ने सुनेको हुँदा यसले स्वतन्त्र रङ्गकर्मी (थिएटर नभएका) हरुलाई नाटक गर्ने वातावरणमा सघाउने बताए । घिमिरे युवराजले प्रज्ञा–प्रतिष्ठानको कुल बजेटमा रहेको कार्यक्रम खर्चलाई बढाउनुपर्ने मत प्रकट गरे । उनले नीजी तथा सामुदायिक नाट्यसंस्थाहरुको संरक्षण गर्ने नीति बन्नुपर्ने, हचुवाका भरमा भइरहेका नाट्य महोत्सव तथा प्रशिक्षणहरुलाई बहुभाषिक र स्थानीय संस्कृतिमा आधारित बनाएर व्यविस्थित गर्नुपर्ने, कम्तीमा २ वटा नाटक उत्पादन गर्ने गरी प्रत्येक नाट्यसंस्थालाई अनुदान दिनुपर्ने लगायतका सुझाव प्रस्तुत गरे ।
अभिनेता दयाहाङ राई केही फरक सुनिए । मण्डला नाटकघरबाट मात्र १ सय ५० भन्दा बढी नाटक र २ सयभन्दा बढी कलाकार उत्पादन गरेको भन्दै उहाँले आफूहरु र देशभर मञ्चन भइरहेको नाटकहरुको सैद्धान्तीकरण गर्न प्रज्ञा–प्रतिष्ठानलाई अनुरोध गरे । नवनियुक्त कुलपति ब्रजेश खनालको एउटै जवाफ थियो, ‘प्रज्ञा–प्रतिष्ठानले आज ढोका खोलेको छ।’ उनले सम्पूर्ण नाटकघरहरूलाई आआफ्नो गतिविधि र क्रियाकलाप पारदर्शी तवरले प्रज्ञाप्रतिष्ठानलाई नियमित रूपमा उपलव्ध गराई नेपाल सरकारको आधिकारिक डेटा-बेसमा सङ्ग्रहित र सुरक्षित राख्न पनि अनुरोध गरे। उनले प्राप्त सम्पूर्ण सकारात्मक सुझावहरूलाई द्रुत गतिमा सम्बोधन गरिने विश्वास दिलाए।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...