बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापालाई अघि बढाउने एमालेको निर्णय

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०२ भदौ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापालाई अघि बढाउने निर्णय गरेको छ। संसदीय दलका नेता जगन्नाथ थपलियालाई दलको नेतामै निरन्तरता दिने गरी सहमति भएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध यसअघि संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिएर किरण थापालाई मुख्यमन्त्री बनाउने रणनीति एमाले संसदीय दलले बनाएको हो।
संसदीय दलको बैठकमा एमालेका २५ सांसदसहित बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल, पार्टीका सचिव एवं बागमती प्रदेश इन्चार्ज महेश बस्नेत सहभागी थिए। यसैगरी, बैठकले एमालेको पक्षमा सहमति निर्माण गर्न अन्य पार्टीसँग समन्वय गर्न किरण थापा, केशव पोखरेल, भारती पाठक, दिनेशचन्द्र देवकोटा र भरत केसीलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...