रेड नोटिस जारी भएका मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५ साउन । रेड नोटिस जारी भएका <span;>मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसूरमा फरार रहेका धनुषाका एक प्रतिवादी कतारबाट पक्राउ परेका छन्। प्रहरीका अनुसार धनुषाको धनौजी गाउँपालिका-५ का मो. ताहिर राईनलाई उक्त कसूरको अनुसन्धानका क्रममा वारदातपछि फरार रहेकाले अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो। नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२६ जुलाई २८ मा राईनविरुद्ध रेड नोटिस जारी गरेको थियो।

इन्टरपोल शाखा र एनसीबी दोहा, कतारबीचको समन्वयमा राईनलाई कतारमा पक्राउ गरिएको हो। पक्राउ परेका राईनलाई कतारबाट कतार एयरवेजको उडानमार्फत सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको छ । विमानस्थलमा इन्टरपोल शाखा (एनसीबी काठमाडौं) बाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...