काठमाडौं, २५ साउन। काठमाडौं महानगरपालिका-२६ बाट स्रोत नखुलेको १९ लाख ९४ हजार रुपैयाँसहित बानेश्वर बस्ने स्याङ्जा वालिङ नगरपालिका-६ का ४१ वर्षीय ईश्वर थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई आइतबार राति पक्राउ गरिएको हो ।
प्रहरी वृत्त दरबामार्गबाट खटिएको प्रहरीले केशरमहलतर्फ आउँदै गरेको बा प्र ०२ ०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक थापालाई उक्त नगदसहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






