कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो ।
उनी केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए । पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले श्रेष्ठको निधनको पुष्टि गर्दै बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिएका छन् । त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय भएको छ ।

श्रेष्ठलाई हालै मात्र कांग्रेस सभापतिले पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएका थिए । लामो राजनीतिक यात्रामा उनले उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री, उद्योग मन्त्री र शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । साथै उनी नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिसमेत बनेका थिए ।

स्याङ्जाबाट पटक–पटक प्रतिनिधित्व गरेका श्रेष्ठ २०१७ सालदेखि नै विद्यार्थी जीवनबाट प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए । २०३६ सालको जनमतसंग्रह, २०४२ को सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२–६३ को दोस्रो जनआन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । लोकतन्त्र स्थापना र शान्ति प्रक्रियालाई अघि बढाउन उनले अग्रपंक्तिमा रहेर योगदान दिएका नेताका रूपमा उनी परिचित थिए । श्रेष्ठका तीन छोरा र छोरी छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...