स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १२ साउन । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ।

नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यमन्त्री निशा मेहताले घाइते चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाउनुका साथै ट्रमा सेन्टर पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन। मन्त्री मेहताले दोषीमाथि कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन निरन्तर पहल गरिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार सबै अस्पताललाई स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको हो। मन्त्रालयले स्वास्थ्य सेवा अत्यावश्यक,जीवनरक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने स्पष्ट पारेको छ। विज्ञप्तिमा स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउनु उनीहरूको अधिकार भएको उल्लेख गर्दै नागरिकको उपचार सेवामा अवरोध नपुर्‍याई स्वास्थ्य सेवा निरन्तर प्रवाह गर्न सबै अस्पताललाई अपिल गरिएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

काठमाडौं, २७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्त गरेका छन्। संविधानको धारा १२९ को...

भीमफेदी दुर्घटनाका मृतकको शव हेटौंडा अस्पतालमै

मकवानपुर, २७ कात्तिक । भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा बिहीबार भएको ईभी दुर्घटनामा मृत्यु भएका १४ जनाको शव अझै हेटौंडा...

भीमफेदी दुर्घटना अध्ययन गर्न समिति गठन

मकवानपुर, २६ कात्तिक । भीमफेदीमा गाउँपालिका- ६ चिसापानीगढीमा भएको सवारी दुर्घटनाको कारण अध्ययन गरी भविष्यमा यस्ता दुर्घटना न्यूनीकरणका...

भीमफेदी ईभी दुर्घटना अपडेट: मृतकको संख्या १४ पुग्यो

मकवानपुर, २६ कात्तिक । भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको यात्रुबाहक विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ...