मिनी ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ साउन । चन्द्रागिरि नगरपालिका-१५ तीनथाना चोकमा सोमबार बिहान मिनी ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, एक जना घाइते भएका छन् । सतुंगलबाट कलंकीतर्फ गइरहेको बागमती प्रदेश ०२-०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशामा चलिरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक दुर्घटना बिहान करिब ३ बजे आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक चन्द्रागिरि नगरपालिका-१२ निवासी ४० वर्षीय दीपक नेपालको उपचारका क्रममा ललितपुरस्थित बी एण्ड बी अस्पताल, ग्वार्कोमा बिहान ४ बजे मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । स्कुटरको पछाडि सवार ५६ वर्षीया सुभद्रा कुमारी नेपाल घाइते भएकी छन् । उनको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनामा संलग्न मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...