महेन्द्र भवन मावि अब ‘महेन्द्र भवन महानगर विद्यालय’

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०७ साउन । काठमाडौंको सानो गौचरन क्षेत्रमा संचालनमा रहेको महेन्द्र भवन माध्यमिक विद्यालयको गुमेको सामाजिक प्रतिष्ठालाई फिर्ता गर्ने तथा उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गरिने भएको छ । यसका लागि आज महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोल र वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीको रोहवरमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र महेन्द्र भवन शैक्षिक गुठीका तर्फबाट अध्यक्ष प्रा. डा. प्रमिला राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सार्वजनिक शैक्षिक गुठीबीच महेन्द्र भवन माध्यमिक विद्यालयलाई आधुनिक र नमुना विद्यालयका रूपमा सञ्चालन गर्न सम्झौता गरिएको हो । आजभन्दा करिब ४५ दिन अगाडि महेन्द्र भवनका पूर्वविद्यार्थीहरु आएर कार्यबाहक प्रमुख डंगोललाई भेटेर विद्यालय जोगाउन महानगरपालिकालाई आग्रह गरेका थिए । त्यस भेटमा कार्यबाहक प्रमुख डंगोलले उचित समयमा निर्णय लिइने बताएकी थिइन् ।

सम्झौतापछि कार्यबाहक प्रमुख डंगोलले विद्यालयको सामाजिक प्रतिष्ठा उच्च भएका बेलाका असल अभ्यासको अध्ययन, समय सुहाउँदो प्रविधिसहित विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गरिने बताइन् । ‘विद्यालय संरक्षण गर्नु भनेको पूर्वाधार जोगाउनु मात्र होइन । त्यसैले विद्यालयको प्रतिष्ठा पुनस्थापना गर्न विद्यालयको गुरुयोजना निर्माण गरेर संयुक्त प्रयत्नबाट योजना कार्यान्वयन गर्नुपर्छ,’ उनले भनिन् । त्यस अवसरमा वडाध्यक्ष प्रजापतीले, विद्यालयको सामाजिक छवि फिर्ता गरेपछि वडाको पनि खास फिर्ता हुनेछ । ‘उत्कृष्ट व्यवस्थापनमा उत्कृष्ट शैक्षिक क्रियाकलाप वडा ५ को पहिचान बन्नेछ,’ उनले भने ।

वि.स.२०१४ सालमा युनाइटेड मिसन नेपालको सहयोगमा गैरसरकारी विद्यालयका रुपमा महेन्द्र भवन माध्यमिक आवासीय विद्यालय स्थापना भएको थियो । संस्थाको दायित्व २०५४ सालमा पूरा भयो । २०६१ सालमा महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठि गठन गरेर विद्यालय सञ्चालनको दायित्व लिएको थियो । केही वर्षदेखि विद्यार्थी संख्यामा आएको कमी आएपछि आर्थिक अभाव सुरु भयो । यसबाट व्यवस्थापकीय चुनौती सिर्जना भयो । यसपछि क्रमशः विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा ह्रास आयो । विद्यालयलाई यो क्षतिबाट बचाउन अब, शैक्षिक गुठी र महानगरपालिका बिच ‘संयुक्त व्यवस्थापन’ को मोडलमा काम हुनेछ ।

सम्झौता बमोजिम अब विद्यालयको नाम ‘महेन्द्र भवन महानगर विद्यालय’ हुनेछ । विद्यालयको स्वामित्व र भौतिक सम्पत्ति गुठीमै रहने भए तापनि यसको सञ्चालन र व्यवस्थापनमा महानगरपालिकाले प्रत्यक्ष भूमिका रहनेछ । विद्यालयलाई आगामी दिनमा उच्च शिक्षाको केन्द्रका रूपमा स्तरोन्नति गर्ने र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी शैक्षिक संस्था बनाउने लक्ष्य राखिएको छ । विद्यालयको भौतिक संरचनाको मर्मत, नवनिर्माण र आधुनिक प्रविधि जडानका लागि आवश्यक वित्तीय स्रोतको व्यवस्थापन काठमाडौँ महानगरपालिकाले गर्नेछ । विद्यालयको नीतिगत निर्णय र मार्गदर्शनका लागि महानगरका उपप्रमुखको संयोजकत्वमा ‘विद्यालय निर्देशक समिति’ गठन हुनेछ । उक्त समितिमा गुठीका अध्यक्ष सहसंयोजक रहने व्यवस्था गरिएको छ ।त्यसैगरी, हाल कायम रहेका ९ जना गुठियारहरूमा महानगरले तोकेका ८ जना थप गरी १७ सदस्यीय शैक्षिक गुठी बनाइनेछ ।
विद्यालय परिसरमा शैक्षिक कार्यक्रमका अतिरिक्त विशेष विद्यालय, स्पोट्स एकेडेमी र बाल विकास कार्यक्रमहरू समेत सञ्चालन हुनेछ । महानगरपालिकाले वार्षिक बजेट र कार्यक्रममार्फत विद्यालयको गुरुयोजना कार्यान्वयन गर्नेछ । यस सहकार्यले सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा एउटा नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बिमा र धितोपत्र सम्बन्धि कसुरमा मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं, ०७ साउन । बिमा र धितोपत्रसम्बन्धी कसुरमा फरार रहेका मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय...

त्रिभुवन विमानस्थलबाट ८ केजी थाई गाँजासहित २ भारतीय नागरिक पक्राउ

काठमाडौं, ०७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी ८ केजी थाई गाँजासहित २ जना भारतीय नागरिक पक्राउ गरेको...

होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई गृहजिल्ला फर्काइने, सरकारले भन्यो : पालिकामा सम्पर्क गर्नू

काठमाडौं, ०६ साउन । सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुम्बासीलाई गृहजिल्ला फर्काउने प्रक्रिया अघि बढाएको छ ।...

माइतीघर डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यबाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं, ०६ साउन । काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले माइतीघर क्षेत्रको डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न...