काठमाडौं, ०७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी ८ केजी थाई गाँजासहित २ जना भारतीय नागरिक पक्राउ गरेको छ । प्रहरीका अनुसार हवाई मार्ग हुँदै नेपाल आउने विदेशी यात्रुहरुको प्रोफाइलिङ गर्ने क्रममा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट खटिएको प्रहरी टोलीले बिहीबार थाई ऐयरवेयजको टीजी ३०९ द्वारा थाईल्याण्डको बैङ्ककबाट नेपाल आएका २ जना भारतीय गाँजा सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा भारत मणिपुरका २० वर्षीया मोनादेवी लोङ्जाम र वर्षीया ओइनाम अलि छन् ।
प्रहरीले उनीहरुको साथबाट सुटकेशभित्र लुकाई ल्याएको ८ केजी थाईल्याण्डको गाँजा, पासपोर्ट २ थान, मोबाइल थान-२ बरामद गरेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।






