नगरबासीलाई पौभाः तथा थाङ्का चित्रकला प्रशिक्षण

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २२ असार । मध्यपुर थिमि नगरपालिकाले नगरबासीलाई एक महिने पौभा: तथा थाङ्का चित्रकला प्रशिक्षण संचालन गरेको छ ।  सोमबार प्रशिक्षण कार्यक्रम समापन गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिको ऐतिहासिक, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने दायित्व नगरपालिकाको भएको र यसलाई निरन्तरता दिने प्रतिबद्दता जनाएका छन् । मध्यपुर थिमि लायकुको तलेजु परिसरमा रहेको भित्तेचित्रहरु जुन जीर्ण भइसकेको अवस्थामा रहेको छ यसलाई पूर्ण निरन्तरता दिन मध्यपुर थिमि नगरपालिकाले लायकु दरबारका नायो पमासँग आवश्यक छलफल गरि यस कार्यलाई पनि संरक्षण गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् ।

कार्यक्रममा उप प्रमुख विजयकृष्ण श्रेष्ठले पौवा: तथा थाङ्कामा रंग मात्र पोतिएको छैन, हाम्रो अमूर्त संस्कृति जोडिएको बताएका छन् । ‘कला संस्कृति, ऐतिहासिक/सांस्कृतिक/धार्मिक सम्पदा हाम्रो पहिचान हो, यसलाई आत्मनिर्भरतामा जोड्नुपर्छ,’ उनले भने, ‘पौभा: र थाङ्का चित्रकला तालिमले संस्कृतिसँगै आत्मनिर्भरतालाई जोड्ने अपेक्षा छ ।’ कार्यक्रममा  प्रशिक्षक, प्रशिक्षार्थी तथा कला-संस्कृतिप्रेमीहरूको सहभागिता रहेको छ। पौभाः तथा थाङ्का चित्रकलाले नेपालको मौलिक कला, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै यस्ता सीपमूलक तालिमले नयाँ पुस्तालाई परम्परागत कलाप्रति आकर्षित गर्नुका साथै रोजगारी र स्वरोजगारका अवसरसमेत सिर्जना गर्ने उपप्रमुख श्रेष्ठले विश्वास व्यक्त गरे।

प्रशिक्षण अवधिभर सहभागीहरूले पौभाः तथा थाङ्का चित्रकलाको इतिहास, सिद्धान्त, रेखांकन, रंग संयोजन तथा परम्परागत शैलीका विविध व्यावहारिक पक्षहरूको अध्ययन तथा अभ्यास गरेका थिए। कार्यक्रममा प्रशिक्षार्थीहरूले तयार गरेका विभिन्न कलाकृतिहरूको प्रदर्शनीसमेत गरिएको थियो । तालिममा ३४ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा सफलतापूर्वक प्रशिक्षण पूरा गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । नगरपालिकाले आगामी वर्ष पनि स्थानीय मौलिक कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता सीपमूलक तथा सृजनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता नगरप्रमुख श्रेष्ठले व्यक्त गरेका छन्।

तस्बिर : सचिन बज्राचार्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Mental Health Awaress
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन ४ महिनामै सम्पन्न

मकवानपुर , ३१ असार । बागमती प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा पुनः सुरु

भक्तपुर, ३१ असार । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयदेखि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा...

रौतहटमा पेट्रोल छर्केर एक युवाले गरे आत्मदाह प्रयास

काठमाडौं, ३१ असार । रौतहटमा पेट्रोल छर्केर एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। गरूडा नगरपालिका-९ गमरिया टोलका २८...

डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा

भक्तपुर, ३१ असार । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा भएको छ । सूर्यविनायक नगरपालिका-८...