सामाखुशी नदी खण्डमा पर्खाल भत्किएपछि ८ वटा घर जोखिम

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २२ असार । शनिबार राती परेको पानीले काठमाडौं महानगरपालिका वडा नं. ३ सामाखुशी खोला चिरायु अस्पताल र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नजिक पर्खाल भत्काएपछि ८ वटा घर जोखिममा परेको छ। यी घरलाई जोखिममुक्त बनाउन आइतबार महानगर प्रहरी बलबाट नगर प्रहरी नायव उपरीक्षक लीलाराज गाछा र ध्रुवकुमार भुजेल नेतृत्वमा ६० जना जनशक्तिले जोखिमयुक्त स्थानलाई जोखिममुक्त बनाएको काठमाडौं महानगरले जनाएको छ ।

कल्भर्टबाट आएको वेग गतिको पानीले खोलाको पर्खाल भत्काएको छ। प्रतिकार्यमा रहेका गाछाले भत्किएको ठाउँलाई तत्काल पुनःस्थापना नगरे ८ वटा घर जोखिममा देखिएको र घरको सम्भावित जोखिम टार्न बालुवा भरिएका करिब २ सय बोरा चाङ् लगाएर जोखिम घटाएको बताएका छन् । यस कार्यमा नगर प्रहरी बलसँगै ढल मंगाल सफाइ गर्ने जनशक्ति परिचालन गरिएको थियो ।

महानगरपालिकाले विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बल सम्मिलित क्यूआरटी (क्वीक रेस्पोन्स टीम) गठन गरेको छ । प्रतिकार्य योजनाका विषयमा जानकारी दिँदै विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले वडा स्तरीय समितिलाई सक्रिय बनाइएको बताएका छन् । विपद व्यवस्थापन विभाग, महानगर प्रहरी बल, स्वास्थ्य विभाग, सार्वजनिक निर्माण विभाग, सूचना प्रविधि विभाग, शिक्षा, वातावरण व्यवस्थापन विभाग जस्ता तत्काल फिल्डमा खटिनु पर्ने विभागहरुलाई तयारी राखिएको र खोज उद्धारका सामानहरु तैनाथ गरिएको उनले बताए । ‘यसवर्ष गणतन्त्र पार्क, जय नेपाल हल, जमल लगायत क्षेत्रमा सडक डुवान भएकोले खोल्ने काम भएको छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Mental Health Awaress
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन ४ महिनामै सम्पन्न

मकवानपुर , ३१ असार । बागमती प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा पुनः सुरु

भक्तपुर, ३१ असार । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयदेखि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा...

रौतहटमा पेट्रोल छर्केर एक युवाले गरे आत्मदाह प्रयास

काठमाडौं, ३१ असार । रौतहटमा पेट्रोल छर्केर एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। गरूडा नगरपालिका-९ गमरिया टोलका २८...

डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा

भक्तपुर, ३१ असार । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा भएको छ । सूर्यविनायक नगरपालिका-८...