अख्तियारमा कार्यरत प्रहरीको अनुसन्धान टोलीमा फेरबदल

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २१ असार । गृह मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नेपाल प्रहरीको अनुसन्धान टोलीमा फेरबदल गरेको छ । डीआईजीको नेतृत्व परिवर्तनसँगै एसपी, डीएसपी र इन्स्पेक्टरसहित एक दर्जनभन्दा बढी प्रहरी अधिकारीलाई आयोगबाट फिर्ता बोलाउँदै नयाँ टोली खटाइएको छ । गृह मन्त्रालयले अख्तियारमा कार्यरत डीआईजी शेखर खनाललाई नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरेको छ । कार्य विभागमा रहेका डीआईजी अरुण पौडेललाई भने अख्तियारमा पठाइएको छ ।

डीआईजीको सरुवासँगै आयोगमा काजमा रहेका एसपी मोहन थापालाई पनि फिर्ता बोलाइएको छ । उनको स्थानमा संयुक्त राष्ट्रसंघ (यूएन) शाखामा कार्यरत एसपी सुधिरराज शाहीलाई खटाइएको छ । फिर्ता बोलाइएका डीएसपीहरूमा उमेश लम्साल, मदनजित महरा, गौतम थापा, दीपककुमार कार्की र भीम खड्का छन् । त्यस्तै, इन्स्पेक्टरहरु क्रमश: ज्ञानमञ्जरी शर्मा, हिमबहादुर केसी, किशोर केसी, सुजन पाठक, रामजी देवकोटा, फुलमाया घिसिङ, साकारराज पन्त, श्यामसुन्दर पाठक र उमेश श्रेष्ठलगायतलाई पनि आयोगबाट फिर्ता गरिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार यो नियमित सरुवा नभई अख्तियारमा कार्यरत प्रहरी टोलीको पुनर्गठन गर्ने उद्देश्यले गरिएको फेरबदल हो ।

गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयले समन्वय गरेर नेतृत्वदेखि अनुसन्धान टोलीसम्म एकैपटक हेरफेर गरेको हो । भ्रष्टाचार मुद्दा एवं आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानको कार्यसम्पादन र प्रभावकारितामाथि प्रश्न उठेपछि अख्तियारमा कार्यरत प्रहरी टोलीमा व्यापक फेरबदल गरिएको हो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...