इशानेश्वर महादेव मन्दिरमा मूर्ति प्रतिष्ठापन

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २२ असार । भक्तपुर नगरपालिका-१ स्थित ऐतिहासिक इशानेश्वर महादेव मन्दिरमा मूर्ति प्रतिष्ठापन गरी उद्घाटन गरेको छ । भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले महादेवको मूर्ति प्रतिष्ठापन गर्दै भक्तपुर नगरपालिका-१ को समग्र विकासका लागि स्वास्थ्य चौकी, सम्पदा संरक्षण, सडक तथा विद्यालय स्तरोन्नतिलगायतका पूर्वाधार निर्माणमा निरन्तर काम गर्दै आएको बताएका छन् । उनले मन्दिर पुनर्निर्माणको कार्यमा सुरुमा संघीय सरकारको २० लाख रुपैयाँ सहयोगबाट प्रारम्भ भएको र अपुग रकम भक्तपुर नगरपालिकाले व्यवस्थापन गरी सम्पन्न गरिएको जानकारी दिँदै केन्द्र सरकार, नगरपालिका र स्थानीय बासिन्दाको सहकार्यबाट निर्माण सम्पन्न भएको मन्दिर पुनःनिर्माणमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।
नगर प्रमुख प्रजापतिले भक्तपुर सांस्कृतिक सम्पदाले भरिपूर्ण ऐतिहासिक नगर भएकाले यस्ता सम्पदाले नगरलाई जीवन्त बनाइराख्ने बताएका छन् । सम्पदा संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै अब यस्ता संरचनाको संरक्षण र व्यवस्थापनमा स्थानीय समुदायले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले २०८० सालमा शिलान्यास गरिएको मन्दिर सोमबार पुनर्निर्माण सम्पन्न भई उद्घाटन गर्न पाउँदा गौरव अनुभूति भएको र इशानेश्वर महादेव मन्दिर ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण रहेको बताए । नवदुर्गा देवगण मध्यपुर थिमीमा ङालाकेगु जात्रामा जाँदा यस स्थानमा विश्राम गर्ने परम्परा रहेको जानकारी दिँदै वडाध्यक्ष खत्रीले नयाँ पुस्तालाई यस्ता सम्पदाबारे जानकारी गराउन सके सम्पदा संरक्षणमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै निर्माणमा सहयोग गर्ने सबैप्रति कृतज्ञता प्रकट गरेका छन् । वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले नेपाली शैलीमा पुनर्निर्माण गरिएको मन्दिर र पाटीले यस क्षेत्रको स्वरूप अझ आकर्षक बनेको बताउँदै नयाँ बस्तीको बीचमा रहेको यो सम्पदा स्थानीय धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित हुँदै गएको उल्लेख गरे ।

उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद कोइरालाले मन्दिर स्थापना तथा पुनर्निर्माण प्रक्रियाबारे जानकारी गराउँदै आय–व्यय विवरण प्रस्तुत गरेका छन् । उनका अनुसार उपभोक्ता समितिमार्फत सम्पन्न पुनर्निर्माण कार्यको अनुमानित लागत ८९ लाख रुपैयाँ रहेकोमा ७५ लाख ६९ हजार रुपैयाँ खर्च भएको जानकारी दिए । कार्यक्रममा मन्दिर पुनर्निर्माणमा आर्थिक तथा भौतिक सहयोग पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान समेत गरिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...