ललितपुर, २२ असार । सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ परेका छन् । प्रहरीका अनुसार ललितपुर महालक्ष्मी न.पा.-२ इमाडोलस्थित सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गर्ने बैतडी पाटन न.पा.-०७ घरभई ललितपुर महालक्ष्मी न.पा.-२ बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका छन् ।
पीडित महिलाले उक्त व्यक्तिको भिडियो सामाजिक संजाल मार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटो ललितपुरको टोलीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रुपमा कार्यरत रहेको बुझिएको छ । पक्राउ परेका भट्टलाई प्रहरी वृत्तको सातदोबाटोको हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




