राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भंग

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १५ चैत । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भंग भएको छ । आइतबार युनियनका अध्यक्ष राजु ओलियाले सूचना जारी गर्दै युनियन भंग भएको घोषणा गरेका हुन् ।

बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कर्मचारी युनियनहरू खारेज गर्ने निर्णय गरेको थियो । त्यही निर्णयको स्वागत गर्दै अध्यक्ष ‌ओलीले युनियन भंग गरिएको घोषणा गरेका हुन् । ‘नयाँ सरकारलाई काम गर्न सजिलो होस् भनेर हामीले युनियन भंग गरेका हौँ । सरकारले शासकीय सुधारको उद्देश्य राखेर थालेका कामलाई स्वागत गर्दै हामीले यो निर्णय गरेका हौँ,’ उनले भने ।

ओलियाले सूचनामा भनेका छन्,’नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरूमध्ये (ख) को (उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता) बुँदा नं. १२ मा उल्लेख भएबमोजिमको निर्णयलाई स्वागत गर्दै यस कार्यालयमा गठन भएको राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन मिति २०८२ चैत्र १५ गतेबाट भङ्ग गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।’

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...

पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, ०३ कार्तिक । हेटौँडा उपमहानगरपालिका-१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको...

बिपी राजमार्गमा हायस दुर्घटना ३ जना घाइते

काभ्रेपलान्चोक, ०२ कार्तिक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट...