सरकारको अपरिपक्व निर्णय: पूर्वराष्ट्रपति भण्डारी

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १४ चैत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।
उनले विज्ञप्ति जारी गर्दै बालेन्द्र शाह नेतृत्वको सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषय अत्यन्त संवेदनशील र दूरगामी प्रभाव पार्ने खालको रहेको उल्लेख गरेकी छन् । ‘यस्तो प्रकारको अपरिपक्व निर्णय संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्याससँग मेल नखाने देखिन्छ,’ उनले भनेकी छन् ।
आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन र संस्थागत परामर्श आवश्यक हुने उनको भनाइ छ । हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्ने र मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्ने पनि भण्डारीले उल्लेख गरेकी छन् ।
सुशासनलाई मुख्य एजेन्डा बनाएर गठन भएको वर्तमान सरकारबाट यस्तो निर्णय आउनु दुःखद भएको बताउँदै भण्डारीले लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णय पुनर्विचार गरी फिर्ता लिन आग्रह गरेकी छन्। उनले सरकारलाई संयमता अपनाउँदै विधि र प्रक्रियाअनुसार अघि बढ्न तथा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणमा गम्भीर हुन आग्रह गरेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...

प्रधानमन्त्री बालेन्द्र शाहको भनाइमा परराष्ट्रको प्रस्टीकरण

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको...