सरकारको अपरिपक्व निर्णय: पूर्वराष्ट्रपति भण्डारी

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १४ चैत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।
उनले विज्ञप्ति जारी गर्दै बालेन्द्र शाह नेतृत्वको सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषय अत्यन्त संवेदनशील र दूरगामी प्रभाव पार्ने खालको रहेको उल्लेख गरेकी छन् । ‘यस्तो प्रकारको अपरिपक्व निर्णय संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्याससँग मेल नखाने देखिन्छ,’ उनले भनेकी छन् ।
आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन र संस्थागत परामर्श आवश्यक हुने उनको भनाइ छ । हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्ने र मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्ने पनि भण्डारीले उल्लेख गरेकी छन् ।
सुशासनलाई मुख्य एजेन्डा बनाएर गठन भएको वर्तमान सरकारबाट यस्तो निर्णय आउनु दुःखद भएको बताउँदै भण्डारीले लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णय पुनर्विचार गरी फिर्ता लिन आग्रह गरेकी छन्। उनले सरकारलाई संयमता अपनाउँदै विधि र प्रक्रियाअनुसार अघि बढ्न तथा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणमा गम्भीर हुन आग्रह गरेकी छन्।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...

पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, ०३ कार्तिक । हेटौँडा उपमहानगरपालिका-१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको...

बिपी राजमार्गमा हायस दुर्घटना ३ जना घाइते

काभ्रेपलान्चोक, ०२ कार्तिक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट...

पाटन दरबार क्षेत्रमा अष्टमातृका नाच प्रदर्शन

ललितपुर, ०१ असोज । ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित मूलचोकमा सांस्कृतिक तथा तान्त्रिक परम्परा बोकेको ऐतिहासिक गँः प्याखँ...