ओली पक्राउविरूद्ध एमालेको प्रदर्शन : एक घाइते, चार जना गिरफ्तार

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १४ चैत । पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा नेकपा एमालेले देशैभर विरोध प्रदर्शन गरेको छ।
काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको लाठी लागेर युवराज ओलीको टाउकोमा चोट लागेको छ । उनलाई सिंहदरबारको दक्षिण गेटमा प्रहरीको लाठी लागेको हो।
एमालेका २३ वटा जनसंगठनहरूले माइतीघरमा शनिबार अपराह्न विरोध प्रदर्शन गरेका थिए।
उनीहरूले वर्तमान सरकारविरूद्ध नारा लगाउँदै टायर समेत बालेका थिए। प्रदर्शनकारीहरूले केही निजी सवारी साधन समेत तोडफोड गरेका थिए।
माइतीघरको प्रदर्शन उग्र बन्दै जाँदा केही प्रदर्शनकारी सिंहदरबारको दक्षिण गेट लागेका थिए। उनीहरूले सिंहदरबारमा ढुंगामुढासमेत गरेको प्रहरीले जानकारी दिएको छ। सोही क्रममा प्रहरीले लाठीचार्ज गर्दा ओलीसहितका नेता घाइते भएका हुन्। काठमाडौं निवासी ओलीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत भइरहेको एमाले सचिव महेश बस्नेतले फेसबुकबाट जानकारी दिएका छन्। उनको टाउकोमा पाँच टाँका लगाइएको बस्नेतले बताएका छन्।
उनका अनुसार शनिबारको प्रदर्शनका क्रममा राजु तिवारी, विमल धमला, जगराज शाही सहित ४ जना गिरफ्तार गरिएको छ। ‘माइतीघरतर्फको व्यारिकेड तोडिएको र सिंहदरबारको दक्षिण गेटमा सामान्य तोडफोड भएको खबर आएको छ, जुन अत्यन्त दुःखद घटना हो,’ उनले फेसबुकमा भनेका छन्, ‘सरकार सम्भावित अप्रिय घटना हुनुअघि नै सचेत बनोस्। पूर्वप्रधानमन्त्रीज्यूलाई तत्काल रिहा गरियोस्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...

प्रधानमन्त्री बालेन्द्र शाहको भनाइमा परराष्ट्रको प्रस्टीकरण

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको...