आयल निगमको कार्यकारी निर्देशक भट्टले चलाएको सरकारी कार डिभाइडरमा ठोक्कियो

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १४ चैत । नेपाल आयल निगमको कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले शनिबार दिउँसो करिब २ बजे कलंकी चोकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको छ । शनिबार बिदाको दिन सरकारी नम्बर प्लेटकोे बा ७६५४ नम्बरको सरकारी कार लिएर निस्केका उनले डिभाइडरमा कार ठोकेपछि कलंकीस्थित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका थियो ।
कलंकीस्थित ट्राफिक कार्यालयका प्रहरी निरिक्षक राजिव बस्नेतका अनुसार दिउँसो २ बजेतिर घटना भएपछि स्थानीयले कार र चालकलाई घेरेका थिए । त्यसपछि ट्राफिक प्रहरी पुगेर चालक भट्टलाई नियन्त्रणमा लिएको हो । ‘घटना दिउँसो २ बजेतिरको हो’ बस्नेतले भने, ‘कंक्रिटको डिभाइडरमाथी कार चढेको अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।’ स्थानीयले मापद पदार्थ सेवन गरेर कार चलाएको भन्दै भट्टलाई कारबाही गर्न नाराबाजी गरेका थिए । तर, ट्राफिक प्रहरीकोे मेसिनले परिक्षण गर्दा मादक पदार्थ सेवन नगरेको पाइएको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिए । उनका अनुसार कारको अगाडीपट्टिको भागमा ठूलो क्षति पुगेको छ ।

स्थानीय प्रत्यक्षदर्शीहरुले भने कार तिव्र गतिमा आएर डिभाइडर हानेको र लेन मिचेर भाग्न खोजेपनि भीडले घेरेर रोकेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आइतबार बागमती प्रदेश सभाको बैठक आव्हान

काठमाडौं, ४ चैत । बागमती प्रदेश सभाको बैठक आव्हान गरिएको छ । ६ बैशाख आइतबार बिहान ११ बजे...

भक्तपुर नगरभित्र सञ्चालित विद्यालय पूर्ववत् रूपमै सञ्चालन हुने

भक्तपुर, ४ वैशाख । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने भएका छन् । नगर...

शनिबार सल्लाघारीमा विषेश कन्शर्ट

भक्तपुर, ४ वैशाख । वैशाख ५ गते (शनिबार) भक्तपुरको सल्लाघारीमा विषेश कन्शर्ट हुने भएको छ । भक्तपुर औद्योगिक...

सुजन बाग श्रेष्ठले चौथो पल्ट जिब्रो छेडाए

भक्तपुर, २ वैशाख । मध्यपुर थिमि नगरपालिका-८ बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले बिस्काः (बिस्केट) जात्रामा जिब्रो छेड्ने...