बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।
संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् ।
शाहले आजै दिउँसो १२:३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने मिति तय भएको छ । शपथ साइतको समयबारे रास्वपाले राष्ट्रपति कार्यालयलाई यसअघि नै जानकारी गराइसकेको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा हुने शपथ ग्रहणमा ७ वटा शंखनाद हुनेछ । त्यस्तै १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । रास्वपाले चुनावअघि नै वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउने उद्‍घोष गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

त्रिशूली ३ ‘ए’ मा फसेका २ जनाको जीवितै उद्धार

काठमाडौं, १९ भदौ । गत १० भदौमा भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली ३ 'ए’ जलविद्युत् आयोजनाको सुरुङमा...

बागमती सरकारले अभिभावक गुमाएका बालबालिकालाई आवाससहित नि:शुल्क शिक्षा दिने

मकवानपुर, १९ भदौ । बागमती प्रदेश सरकारले रसुवा बाढीमा परी अभिभावक गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म नि:शुल्क...

काठमाडौं-भीमफेदी- कोगटे-इपा-सिस्नेरी-हेटौंडा सडकखण्डलाई दीर्घकालीन वैकल्पिक मार्गको विकास गर्ने: मुख्यमन्त्री थापामगर

काठमाडौं, १८ भदौ । काठमाडौं-हेटौंडाको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले भीमफेदी-कोगटे-इपा-सिस्नेरी सडकखण्डलाई दीर्घकालीन वैकल्पिक मार्गका रूपमा विकास...

भदौ २३ गते सार्वजनिक बिदा

काठमाडौं, १९ भदौ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको...