बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।
संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् ।
शाहले आजै दिउँसो १२:३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने मिति तय भएको छ । शपथ साइतको समयबारे रास्वपाले राष्ट्रपति कार्यालयलाई यसअघि नै जानकारी गराइसकेको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा हुने शपथ ग्रहणमा ७ वटा शंखनाद हुनेछ । त्यस्तै १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । रास्वपाले चुनावअघि नै वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउने उद्‍घोष गरेको थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बिपी राजमार्गमा हायस दुर्घटना ३ जना घाइते

काभ्रेपलान्चोक, ०२ असोज । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट...

पाटन दरबार क्षेत्रमा अष्टमातृका नाच प्रदर्शन

ललितपुर, ०१ असोज । ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित मूलचोकमा सांस्कृतिक तथा तान्त्रिक परम्परा बोकेको ऐतिहासिक गँः प्याखँ...

भिमफेदी बाँदरेभीरमा ईभी गाडी दुर्घटना, ११ जना घाइते

मकवानपुर, ०१ असोज । हेटौंडा-भैंसे सडकमा पर्ने भीमफेदी गाउँपालिका-१ बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...