भदौ २३ को घटना आतंककारी शैली : बालेन

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १२ चैत । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले भदौ २३ गतेको प्रदर्शनमा सरकारले गरेको बल प्रयोगलाई ‘आतंकवादी शैली’ भनेका छन्। भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएका मानवीय तथा भौतिक संरचनामा भएको क्षतिबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको छानबिन आयोगलाई बयान दिँदै उनले यस्तो भनेका हुन्।
आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। सरकारले भने अहिलेसम्म सार्वजनिक गरेको छैन। उक्त प्रतिवेदन अनुसार आयोगले तत्कालीन मेयर बालेनसँग पनि बयान लिएको थियो।

आयोगलाई बालेनले दिएको बयान यस्तो छ :
२०८२ साल भदौ २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिएँ। २३ गतेको शान्तिपूर्ण र्‍यालीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिएन। व्यवसायी र रेस्टुरेन्टहरूले आग्रह गरेपछि महानगर प्रहरी बलले पानी वितरण गरेको हो। २३ गते स्थिति तनावपूर्ण हुँदै गएको बेलुका सञ्चार माध्यमबाट थाहा पाएँ। मेरो सामाजिक सञ्जालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गर्‍यो।
जनधनको रक्षाका लागी सामाजिक सञ्जालमार्फत संयम अपनाउन अपिल गरेको थिएँ। घटनापश्चात महानगर प्रहरी बल लगायत अन्य विभागहरूसँग समन्वय गरी घाइते र मृतकहरूको परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो।
भदौ २४ गतेको घटना दु:खद थियो। २३ गते सरकारको अत्यधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुनसक्छ। २४ गते काठमाडौं महानगरपालिकाले समयमै दमकल पठाएको थियो र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो।
सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मेरो आन्दोलनलाई शान्त पार्ने भूमिका रहेको थियो। तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ।
काठमाडौं महानगरको फोहोर बोक्ने गाडी बञ्चरेडाँडा जाँदै गर्दा अनावश्यक रोकेपछि विरोधस्वरूप ‘मेटाफोर’ का रूपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा ‘जलाइदिन्छु’ शब्द प्रयोग भएको थिएन।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...

प्रधानमन्त्री बालेन्द्र शाहको भनाइमा परराष्ट्रको प्रस्टीकरण

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको...