हेटौंडाबाट काठमाडौं जोड्ने दुईवटा सडक अवरुद्ध

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १४ कार्तिक । लगातारको वर्षाका कारण पहिरो र लेदो खसेपछि हेटौंडाबाट काठमाडौं जोड्ने दुईवटा सडकमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । कान्ति लोकपथमा पहिरो र भीमफेदी-कुलेखानी-सिस्नेरी सडकमा लेदो खसेपछि सवारी सञ्चालनमा समस्या भएको हो । हेटौंडा-भीमफेदी-सिस्नेरी सडक खण्डको ईन्द्रसरोवर गाउँपालिका-३ मा माथिबाट लेदो खसेर शनिबार बिहान ११ बजेदेखि बाटो अवरुद्ध भएको छ ।
सडकमा खसेको लेदो हटाउने प्रयत्न भइरहेको सडक विभागले जनाएको छ । वैकल्पिक मार्गका रूपमा फाखेल सडक र त्रिभुवन राजपथमा भने सवारी आवागमन भइरहेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका-८ गंगटे र ललितपुरको बागमती गाउँपालिका-४ पाङदुरेमा शनिबार बिहान गएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ । कान्ति लोकपथको मकवानपुर र ललितपुर क्षेत्रको दुई स्थानमा पहिरो गएकाले बिहान ५ बजेदेखि  सडक अवरुद्ध भएको हो । शुक्रबारदेखि झरी परिरहेकाले माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय ठिंगनले जनाएको छ । मकवानपुरतर्फको पहिरो पानी रोक्ने बितिक्कै हटाउन सकिने इलाका प्रहरी ठिगंनका निरीक्षक सुशान्त मिश्रले बताए । ललितपुरतर्फ ठ्लूो पहिरो खसेको उनले बताए । दुवै स्थानको पहिरो हटाउनका कान्ति लोकपथ सडक आयोजनाले समन्वय गरिरहेको छ ।

पहिरो गएकाले हेटौंडाबाट कान्ति लोकपथ भएर काठमाडौं गइरहेका सवारी साधन ठिगनमा रोकिएका छन् भने काठमाडौंबाट हिँडेका सवारी साधन छैमलेतर्फ रोकिएका छन् । झरी परिरहेको अवस्थामा कान्ति लोकपथ जोखिमयुक्त भएकाले मकवानपुरको प्रशासनले कान्तिलोकपथमा शुक्रबार र शनिबार राति सवारी साधन आउजाउ गर्न रोक लगाएको छ ।

फोटो  फाइल ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...