कुलेखानी जलाशयको सतह बढेपछि उच्च सतर्कता

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, १४ कार्तिक । लगातार वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह खतराको तह पार गर्न सक्ने अवस्था देखिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले जलाशय आसपासका बासिन्दालाई सुरक्षित रहन र काठमाडौं जोड्ने सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार जारी गरेको सूचनाअनुसार आज दिउँसो ४ बजेसम्म कुलेखानी जलाशयको जलसतह १५२९ मिटर पुग्न सक्ने अनुमान छ । निरन्तर वर्षाका कारण जलाशयको सतह थप बढ्न सक्ने र बाँधका मुख्य गेटहरू खोल्नुपर्ने अवस्था आउन सक्ने पनि प्रशासनको भनाइ छ ।
मुलुककै ठूलो जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजनाको जलाधार क्षेत्रमा शनिबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ ।कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता छ । जलाशय भरिनुभन्दा अगाडि बाँध खोल्नुपर्ने अवस्था आउन सक्ने जोखिमलाई मध्यजनर गर्दै आयोजनाले साइरनको व्यवस्थासमेत गरेको छ। तल्लो तटीय भाग सिस्नेरी लगायतका क्षेत्रमा साइरन जडान गरिएको छ । जलाशयको बाँधमा पानीको सतह १ हजार ५ सय २९ मिटर पुगेपछि पहिलो साइरन बज्ने व्यवस्था छ ।
बाँधका मुख्य गेटहरू खोल्नुपर्ने अवस्था आएमा मुख्य जोखिम मकवानपुरको तल्लो तटीय क्षेत्र (सिस्नेरी खोला/बागमती नदी किनार) मा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने प्रशासनले जनाएको छ ।
प्रशासनले  नदी किनारमा नजान, नुहाउन तथा माछा मार्न नहुने र सुरक्षित स्थानमा रहन सम्बन्धित क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ । साथै बाढी तथा पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै भैँसे–भीमफेदी–देउकाली–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकखण्डमा आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ ।
प्रशासनले सो अवधिमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालन नगर्न र यात्रा गर्नुअघि सम्बन्धित निकायबाट जानकारी लिनसमेत आग्रह गरेको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...