कास्की, १४ कार्तिक । नेपाल प्रहरी प्रदेश कार्यालय पोखराले जेन-जी आन्दोलनको क्रममा फरार प्रतिवादी पक्राउ गरेको छ । २०८२ भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा कारागार कार्यालय कास्कीको भवन तोडफोड तथा आगजनी भई कारागारमा कैद सजाय (१५ वर्ष ८ महिना १ दिन) भोगिरहेका चितवन रत्ननगर नगरपालिका-१२ का जबरजस्ती करणी कसुर मुद्दाका प्रतिवादी ४७ वर्षीय नारायण घिमिरे फरार थिए ।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार फरार घिमिरेलाई शुक्रबार मुस्ताङ वारगुङ मुक्तिक्षेत्र गाँउपालिका-३ चैले स्थित लिवन होटल एण्ड रेष्टुरेष्टबाट पक्राउ गरेको हो । उनलाई बाँकी रहेको (१२ वर्ष) कैद सजाय भुक्तानको लागी कारागार कार्यालय कास्कीमा बुझाईएको एसएसपी अधिकारीले जानकारी दिए ।







