रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा परेका छन् । १० भदौमा भोटेकोशीमा आएको बाढीपछि विस्थापित भएका आमाछोदिङ्मो हाकुबेंसीका बासिन्दा उक्त सेन्टरमा आश्रय लिँदै आएका थिए ।
होल्डिङ सेन्टरमा आश्रय दिँदै आएका स्थानीय लामागुरुले तत्काल ठाउँ खाली गर्न भनेपछि पीडितहरू समस्यामा परेका हुन् । कोठा खोज्न सक्नेहरू डेरामा सरे पनि करिब ३५ जना अझै सेन्टरमै छन् । होल्डिङ सेन्टरको अवस्थाबारे जानकारी दिँदै वाञ्जु वाइबा तामाङले तिहारअघि नै सेन्टर खाली गर्न दबाब आउन थालेको बताए । रसुवाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर बसाइ मंसिर ३ गतेसम्म लम्ब्याइएको भए पनि त्यसपछि सरकारी प्रतिनिधि सम्पर्कमा नआएको उनको भनाइ छ ।

दबाबपछि कोठा भेट्टाउनेहरू ओढ्ने-ओछ्याउने र आवश्यक सामग्रीसमेत नभए पनि भुइँमा सुत्ने गरी डेरामा सरेका छन् । तर, कोठा नपाएका करिब ३५ जना भने अझै होल्डिङ सेन्टरमै छन् । ‘भदौ १० गतेको बाढीपछि हामीलाई म्हेम्हे (धर्मगुरु, लामा) ले बास दियो । तीन महिना भयो, अहिले न सरकार छ, न वडाध्यक्ष छ, न अरू कोही,’ पीडित याङ्जेन लामा भन्छिन्, ‘हामीलाई यहाँबाट निस्किएर जान तीन गतेसम्मको समय दिएको थियो तर आजसम्म कोही आएन । कहाँ जाने, के गर्ने हो ?’

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...

पनौती नगर अस्पतालमा मुख्यमन्त्रीको स्थलगत निरीक्षण

काभ्रेपलान्चोक, ०५ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शुक्रबार काभ्रेपलाञ्चोकको पनौती नगर अस्पतालको स्थलगत निरीक्षण गरेका...