पदम श्रेष्ठको स्मृतिग्रन्थ सार्वजनिक

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २६ असोज । स्वर्गीय लेखक तथा पत्रकार पदम श्रेष्ठको ५९ औं जन्मजयन्तीको अवसरमा स्मृति ग्रन्थ सार्वजनिक गरिएको छ । टेकु पचलीस्थित लाेकबाजा संग्रहालयमा आयाेजित कार्यक्रममा स्मृति ग्रन्थको सार्वजनिक गरिएको हाे । स्वर्गीय पत्रकार श्रेष्ठकी आमा सीतादेवी श्रेष्ठ, श्रीमती शिवा तामाङ, छोरा श्रेता बन्धु श्रेष्ठ, लोकबाजा संग्रहालयका संस्थापक तथा संचालक रामप्रसाद कँडेल, घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल, कवि विप्लव ढकाललगायतले स्मृति ग्रन्थ सार्वजनिक गरेका हुन् ।

पत्रकारिता कर्मसँगै मुलतः संस्कृतिको खोज, अध्ययन तथा अनुसन्धान गरी पुस्तकको रूपमा दस्तावेजीकरणमा श्रेष्ठले अहम् भूमिका खेल्नुभएको स्मरण गर्दै वक्ताहरुले उनलाई लेखक, पत्रकार मात्र नभएर संस्कृतिकर्मीको रूपमा चर्चा गरे । ग्रन्थमा परिवारका सदस्यका साथै स्वर्गीय श्रेष्ठका हितैषी मित्रहरूले उनको स्मरण गर्दै लेखिएका लेखहरू समावेश गरिएका छन् । पुस्तकको सम्पादन शम्भु श्रेष्ठ र रसिला तामाङले गरेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...