बाढीपीडित महिला तथा बालिकाहरूका लागि ‘वुमन रन फर वुमन’ दौड

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २२ भदौ । भदौ १० मा रसुवामा आएको बाढीपीडित महिला तथा बालिकाहरूको सहयोगार्थ ‘वुमन रन फर वुमन’ नामक ७ किलोमिटरको विशेष दौड कार्यक्रम आयोजना हुने भएको छ। बाढी प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले मंगलबार बिहान ७ देखि १ बजेसम्म दौड आयोजना गर्न लागिएको हो। दौड मोन्ताना प्लान्ट स्टुडियो, खरिपाटीदेखि मुहानपोखरीसम्म ७ किलोमिटर दुरीमा हुनेछ । यो कुनै प्रतिस्पर्धात्मक दौड नभई बिहानीको सहज पैदलयात्रा वा दौडका रूपमा आफ्नै गतिमा सहभागी हुन सकिने मोन्ताना प्लान्ट स्टुडियोकी संस्थापक मतिना त्वायनाबासुले बताइन्। दौडमा सहभागीहरूले रनिङ जुत्ता, सहज कपडा, बर्सादी/छाता र पानीको बोतल साथमा ल्याउन आग्रह गरिएको छ।

राहत सामाग्री संकलन अभियान
कार्यक्रमस्थलमा बाढीपीडित महिला तथा बालिकाहरूका लागि अत्यावश्यक स्वास्थ्य तथा व्यक्तिगत सरसफाइसँग सम्बन्धित सामाग्रीहरू संकलन गरिने समेत जनाएको छ । यस अभियान अन्तर्गत नयाँ भित्री वस्त्रहरू मात्र दान गर्न अनुरोध गरिएको छ।
यस कार्यक्रमबाट प्राप्त हुने सम्पूर्ण सहयोग तथा संकलित सामाग्रीहरू बाढी प्रभावित क्षेत्रका महिला तथा उनीहरूका परिवारसम्म पुर्‍याइने आयोजकले जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...