प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २३ भदौ । भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भक्तपुर नगरपालिका कार्यालय, जनप्रतिनिधि, कर्मचारी र नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज अफ ल र ख्वप अस्पतालले एक मुस्ट रु. ७५ लाख ७१ हजार ६७९।५२ पैसा आर्थिक सहयोग गरेको छ । रसुवाको भोटेकोशी बाढीपीडितका लागि भक्तपुर नगरपालिकाको तर्फबाट रु. ३० लाख, नगरपालिकाका स्थायी र करार कर्मचारीतर्फबाट रु. १७ लाख ७९ हजार ९८७, सफाइ ठेकेदार र ज्यालादारी तर्फबाट रु. १ लाख ६८ हजार ५३१, जनप्रतिनिधिको तर्फबाट रु. १ लाख, प्रधानमन्त्री रोजगार युवा उद्यम कार्यक्रमतर्फबाट रु. १७ हजार ५७२ आर्थिक सहयोग गरेको छ ।

त्यस्तै, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले रु. १ लाख ९५ हजार ५५६.५२, ख्वप माविले ६ लाख ६२ हजार १६६, ख्वप कलेज अफ ल ले ४४ हजार ६६, ख्वप इन्जिनियरिङ कलेजले रु. ४ लाख १३ हजार ५००, ख्वप कलेज अफ इन्जिनियरिङले रु. ३ लाख ४४ हजार ९०१, ख्वप बहुप्राविधिक अध्ययन संस्थानले रु. ८३ हजार र ख्वप अस्पतालले रु ७ लाख ६२ हजार ४०० प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको छ ।
भक्तपुर नगरपालिकाले विपद्का कारण प्रभावित भएका नागरिकलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले मिति २०८३ भदौ १८ गते बसेको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...