खुल्यो सार्वजनिक सवारी दर्ता

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३१ भदौ । सरकारले असोज १ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको छ । यातायात व्यवस्था विभागका अनुसार अहिलेका लागि काठमाडौं उपत्यका बाहिर मात्र दर्ता हुने गरी विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी) लाई प्राथमिकता दिई सवारी दर्ता खुला गरिएको हो ।

काठमाडौं उपत्यका भित्रका हकमा भने स्कुल बस र सट्टाभर्ना गर्न चाहने सवारीसाधनका हकमा मात्र सार्वजनिक सवारीसाधन दर्ता खुलेको हो । विभागले सबै प्रदेश सरकारलाई सोही अनुसार सवारीसाधन दर्ता गर्न सूचित गरेको छ । सरकारले २०८३ जेठ ७ गतेदेखि लागु हुने गरी दर्ता रोकेको थियो । दर्ता किन रोकिएको हो र के निष्कर्षमा पुगेर खुला गरिएको भन्नेमा स्वयं विभाग मौन छ ।

विभागका निर्देशक मणिराम भुसाललले काठमाडौं उपत्यका भित्रका रुट तथा सवारी व्यवस्थापनका लागि उपत्यका बाहिरमात्र दर्ता खुला गरिएको बताएका छन् । विभागले मालवाहक सवारीसाधन दर्ता  साउन १८ गतेदेखि नै खुला गरेको थियो । त्यसअघि ८ असारसम्म एलसी खोलिसकेका र नेपाल आइसकेका सार्वजनिक सवारीसाधन समेत दर्ता गरिएको थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...